नियम २०
रक्त सञ्चार सेवा सञ्चालन गर्न इजाजतपत्र लिनु पर्ने
(१) रक्त सञ्चार सेबा सञ्चालन गर्न चाहने संस्थाले मन्त्रालयले तोकेको बिबरण तथा कागजात संलग्न गरी मन्त्रालय समक्ष इजाजतपत्रको लागि निबेदन दिनु पर्नेछ।
(२) यो नियमावली प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका रक्त सञ्चार केन्द्रहरुले यो नियमावली प्रारम्भ भएको तीन महिनाभित्र उपनियम (१) बमोजिम इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम इजाजतपत्रको लागि निवेदन दिने संस्थाले नियम ९ तथा नियम ११ बमोजिमको सञ्चालनको मापदण्ड पूरा गरेको देखिएमा मन्त्रालयले रक्त सञ्चार सेवा सञ्चालन गर्न इजाजतपत्र दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिम प्रदान गरिएको इजाजतपत्रको अवधि तीन बर्षको हुनेछ। (५) यस नियम बमोजिम इजाजतपत्र प्रास संस्थाले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा तीन महिना अघि इजाजतपत्र नवीकरणको लागि मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ।
(६) मन्त्रालयले उपनियम (५) बमोजिम निवेदन प्राप्त भएपछि मापदण्ड बमोजिम सञ्चालन गरे वा नगरेको जाँचबुझ गरी त्यस्तो रक्त सञ्चार सेवा सञ्चालन गर्ने संस्थाको इजाजतपत्र नवीकरण गर्न सक्नेछ ।
(७) उपनियम (३) बमोजिम इजाजतपत्र प्राप्त संस्थाले अस्पतालमा रक्त सञ्चार सेवा सञ्चालन गर्न रक्त सञ्चार एकाइहरु खडा गर्न सक्नेछ।
(८) रक्त सञ्चार सेवा सञ्चालन गर्ने संस्थाले सुरक्षित रगत मात्र सङ्कलन गर्नु पर्नेछ।
(९) रक्त सञ्चार सेवा सञ्चालन गर्ने संस्थाले ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड अनुसार रक्त सञ्चार सेवा सञ्चालन गर वा नगरेको सम्बन्धमा मन्त्रालयले अनुगमन तथा निरीक्षण गर्नेछ।
(१०) उपनियम (९) बमोजिमको अनुगमन तथा निरीक्षणबाट कुनै रक्त सञ्चार संस्थाले ऐन तथा यस नियमावली“ बमोजिमको मापदण्ड अनुसार सेवा सञ्चालन गरेको नपाइएमा मन्त्रालयले त्यस्तो संस्थालाई निश्चित समय तोकी: मापदण्ड पालना गराउन वा संस्थाको इजाजतपत्र खारेज गर्न सक्नेछ।
तर त्यसरी इजाजतपत्र खारेज गर्नु अघि सो संस्थालाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ।